• बुधबार , कार्तिक ७, २०८१

कृत्रिम जलाशयले फेरियो दैनिकी…

BySANU

Oct 1, 2023

देउखुरी, १४ असोज । घोराही उपमहानगरपालिकाले ‘एक वडा एक जलाशय’ अभियान सञ्चालन गरेर घोराहीका अधिकांश वडामा ४३ जलाशय निर्माण गरेको छ । पानीको सुविधा नहुँदा तरकारी बजारबाट किनेर खाने गरेका थियौँ अहिले बाह्रै महिना तरकारी खेती गरेर आम्दानी गर्ने भएका छौँ, घोराही–१७ का शङ्कर चौधरीले भने, कृत्रिम जलाशयको छेवैमा पम्पसेट राखेर सिँचाइ गरी उत्पादन गरिरहेका छौँ । उक्त तालको पानीले ८० देखि ९० बिघा जमिनमा सिँचाइ भइरहेको चौधरीले बताए । गर्मीको समयमा इनारमा पानी सुक्ने समस्या भएको जनाउँदै उनले अहिले बाह्रै महिना प्रशस्त पानी हुने गरेको बताए । घोराहीमा ४३ जलाशय निर्माण गरिएका जनाउँदै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको बताए । यसका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य रहेको उनको भनाइ थियो । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन् । कृषि र पानीको स्रोत बढाउन अभियान सुरु गरिएको बताउँदै उपप्रमुख डिसीले सुख्खा हुँदै गएको जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख गरे । उनका अनुसार जलाशयमा जम्मा भएको पानीले स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन् । सबैभन्दा धेरै वडा नं १७ मा आठ जलाशय निर्माण भएका उपप्रमुख डिसीले जानकारी दिए ।

Spread the love

Leave a Reply

Your email address will not be published.