• बुधबार , कार्तिक ७, २०८१

ड्रागन खेती सुरु गरेको पहिलो वर्षमै राम्रो आम्दानी

BySANU

Oct 3, 2023

तनहुँ १६ असोज । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । विसं २०७९ वैशाखदेखि व्यवसाय थालेकी कल्पना गौलीले एक वर्षको अवधिमा आठौं पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताईन् । अझै पनि फार्मबाट करिब रु छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु, उनले भनिन् । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उनी बताउँछिन् । उनले भनिन्, यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु । १२ देखि १४ पटकसम्म फल दिन सक्ने उनको आशा रहेको छ । करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक रु.२० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताईन् । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उनले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाएकाछन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका  छन् । उनको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् । सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी हुन् ।त्यसैगरी कृषक गौलीले नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको गुनासो गर्छिन् । चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ रहेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.