• बुधबार , कार्तिक ७, २०८१

आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित…

BySANU

Oct 11, 2023

फुङ्लिङ, २४ असोज । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् । समुद्र सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित ताप्लेजुङ आलुको भण्डारणका उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा र ६ घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमी आएपछि निराश भएका कृषक यस सिजनमा आलु उत्पादनमा सुधार आएसँगै कृषकको आशा पलाएको छ । वितगका वर्षमा राम्रो आलु उत्पादन हुँदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमी आएको स्थानीय उटुक शेर्पाले बताए । आलुको भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो । बीउ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बीउ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताए । तर गत वर्षभन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाइ छ । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि तयारी हुन्छ । आलु बीउका लागि तल्लो क्षेत्रका कृषक कोदो, मकैलागयतका अन्न बोकेर दुई–चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रको आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।
गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले बताए । विगतका वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.