• बुधबार , कार्तिक ७, २०८१

विपन्न महिलालाई व्यावसायिक तालिमले  बनायो आत्मनिर्भर…

BySANU

Oct 12, 2023

गोरखा, २५ असोज । कक्षा ५ सम्ममात्र पढेकी गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आज भोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । उनले घरसँगै जोडिएको सानो टहरामा बनाउनुभएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फेरिएको हो । घरमा आफू पनि केही न केही आर्थिक आयआर्जनमा जोडिनुपर्छ भन्ने ठानेर व्यावसायिक कुखुरापालन तालिम लिएर उनले सानो खोर बनाएर कुखुरापालन सुरु गरिन्। अहिले त्यहीँ तालिमले उनलाई स्वरोजगार बनाएको छ । व्यावसायिक रुपमा कुखुरापालन तालिम लिएर कुखुरा पाल्न थालेपछि घरमै बसेर पनि वार्षिकरुपमा करिब रु एक लाख ८० हजारसम्म आम्दानी गर्ने गरेको सिर्मलले बताईन् । अहिले ७० वटा जति कुखुरा हालेको छु, उनले भनिन्, पैतालिस दिन जतिमा बेच्न हुन्छ त्यसले दैनिक घरखर्च चलाउन मलाई श्रीमान्ले विदेशबाट पैसा पठाउनु परेको छैन । कुखुरा नपाल्दा पैसाको अभाव हुन्थ्यो, कुखुरा पालेदेखि आफूलाई खर्च गर्ने अनि बच्चा पढाउन धेरै सजिलो भएको छ, उनले भनिन्, एकदुई वटा बिचबिचमा बिक्री भइरहने हुँदा समस्या छैन । सुरु सुरुमा डोकोमा बोकेर होटल, पसल र गाउँगाउँमा कुखुरा बेच्नु परेको दुःख सुनाउने उनले अहिले भने बिक्रीका लागि कठिनाइ नभएको बताई । नपढेको भए पनि सानोसानो व्यवसाय गरेर आफ्नो आर्थिक कमजोरीलाई उकास्न सक्ने भन्दै उनले गर्न चाहे घरमै बसेर पनि थोरै थोरै आम्दानी गर्न समस्या नहुने बताईन् । पहिला पहिला बिहान बेलुकी छाक टार्न नै गाह्रो हुने सुमनाको परिवारमा अहिले रु दुईचार हजारका लागि कसैको धाउनु परेको छैन ।

Spread the love

Leave a Reply

Your email address will not be published.