• बुधबार , कार्तिक ७, २०८१

आत्मनिर्भर बन्दै उदयपुर फूलखेतीले…

BySANU

Oct 14, 2023

कटारी, २७ असोज । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले उदयपुर कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले  जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कटारी क्षेत्रका लागि विद्यार्थीले विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा सयपत्री लगाइएको विद्यार्थी राजु ठाकुरले बताए । उनका अनुसार कक्षा १२ को परीक्षापश्चात् गरिने प्रयोगात्मक परीक्षणका लागि फूलखेती गर्नुपर्ने भएपछि जिल्लाको दुई स्थानमा सयपत्री लगाइएको हो । प्रधानाध्यापक बालकृष्ण कार्कीका अनुसार यसपटक कटारी र गाईघाट गरी दुई स्थानमा भइरहेको फूलखेतीमा विद्यालयले रू तीन लाख लगानी गरेको छ । विद्यार्थीले व्यावसायिक फूलखेती गरेको यो तेस्रो वर्ष हो । गत वर्ष भएको नाफाका कारण विद्यार्थीले खेती बढाएका छन्, उनले भने, बजारमा सबै उत्पादन लैजान सकिन्छ कि सकिँदैन भन्ने चाहिँ चिन्ताको विषय हो । यस अघि जिल्लामा सयपत्री अभावका कारण तिहारमा कागज, प्लाष्टिकको माला लगाउनुपर्ने बाध्यता भएपछि विद्यार्थीले फूलखेती सुरु गरेको विद्यार्थी विनोद कार्कीले बताए । यसअघि थोरै खेती गर्दा तिहारमा मात्रै रू एक लाख हाराहारीमा नाफा कमाएका उनले बताए । उनका अनुसार यस वर्ष खेतीको क्षेत्रफल बढाएकाले आम्दानी पनि बढ्ने अनुमान गरिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.