• बुधबार , कार्तिक ७, २०८१

दसैँ खर्चको जोहो गर्दै महिला…

BySANU

Oct 19, 2023

महोत्तरी, २ कार्तिक । दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा लागेका छन् । दसैंमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो सङ्कलनमा लागेका छन् । अहिले फरक–फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् ।  गरिब बस्तीका महिलाले भने १५ दिनअघि नै माटो खन्न, ओसार्न थालिएको बताएका छन् । माटो खन्ने काममा घरका परिवारजनको सहयोगले सहज भएको औरही–७ की पारोवती ठाकुरले बताए । अहिले गरिब बस्तीका महिलाको माटो ठम्याउने, खन्ने  र ओसार्ने काममा व्यस्तता देखिन्छ । बस्ती नजिकैको रातु नदीको डिलमा कमेरे माटो खोस्री रहेकी भेटिनुभएकी भङ्गाहा–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले भन्छिन्, कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५-१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ । दसैँमा थारु, बाँतर र मुसहर  महिलाको साथसङ्गतले अन्य जाति समुदायका महिला पनि अहिले माटो सङ्कलनमा लागेका छन् । दसैँअघि माटो जम्मा गर्नसके दसैँ मेलामा रमाउन र स–साना नानीको खानपिनको रहर पु¥याउन सहयोग पुग्ने गौशाला–१ रामनगरकी पवनवती महरा बताउछिन् । 

Spread the love

Leave a Reply

Your email address will not be published.