• बुधबार , कार्तिक ७, २०८१

गाउँमै खुल्यो हाटबजार, अब जानुपर्दैन १५ किलोमिटर टाढाको लहान

रासस

Nmb
gibl

लहान नगरपालिका–१६ तरेगणाका लक्ष्मण महतोलाई आफूले उत्पादन गरेको तरकारी बजार लैजान निकै सास्ती थियो।

तरेगणाबाट १५ किलोमिटर पर छ लहान बजारको हाटबजार। उनलाई हप्तामा दुईपटक धाउँथे त्यो हाटबजार। दुःख भयो भनेर पनि भएन आफ्नो उत्पादन पनि बेच्नै पर्‍यो।

अहिले उनले त्यो दुःखबाट मुक्ती पाएका छन्।

Tata box 1

गत माघ २८ गतेबाट नगरपालिकाले आइतबार र बिहीबार गरी हप्ताको दुई दिन गाउँमै कृषि हाटबजार सञ्चालन गरिदिएको छ। यसबाट महतोजस्तै यहाँका अन्य व्यावसायिक किसान खुसी भएका छन् ।

‘हामीलाई लहान बजारसम्म तरकारी बोकेर धाउन सास्ती थियो । कहिले अटोरिक्सा नपाउने त कहिले के समस्या,’ महतोले भने, ‘यो हाटबजार सञ्चालनसँगै हाम्रो उत्पादन यही बिक्रीवितरण गर्न पाएका छौँ । हामी एकदमै उत्साहित भएका छौँ ।’

गाउँकै हाटबजारमा पनि महतोलाई भ्याइनभ्याइ छ। बिहान र साँझ तरकारी किन्न आउनेको भीड नै लाग्छ।

Laxmi bank
Sagarmatha

 स्थानीयका अनुसार विसं २०४६/०४७ सम्म सोही स्थानमा ठूलो हाटबजार थियो । तरेगना (गाईघाट)मा लाग्ने उक्त हटिया भर्नलाई उदयपुरको नेपालटारबाछ चुरेपहाड छिचोलेर स्थानीय उत्पादन आलु, काउली, रिठ्ठा, तेजपत्ता, सुन्तलालगायतका तरकारी तथा फलफूल खरिद बिक्री गर्न मानिस आउँथे।  

त्यतिबेला नेपालटार–गाईघाट सडक सञ्जालमा जोडिएको थिएन । सोही कारण नजिक पर्ने हटिया भएकाले मानिसका ताँती लागेर हटिया आउनेजाने गरेको स्थानीय १६ नं वडाका वडाध्यक्ष गडुलबहादुर जर्घामगरले बताए।

Ncell

उनका अनुसार तत्कालीन समयमा छिमेकी देश भारतबाट समेत भरिया लिएर व्यापारी त्यस हटियामा आउनेजाने गरेका थिए।

‘त्यस समय म २०–२५ वर्षको युवक थिएँ । त्यति ठूलो हाटबजार विविध कारण बन्द हुनपुग्यो, जुन मेरो मानसपटलमा ताजै छ । जनप्रतिनिधि हुनुका नाताले केही वर्ष पहिलेदेखि पटक–पटक हाटबजार सञ्चालन गर्न पहल गरेता पनि अहिले सफल भएका छौँ,’ अध्यक्ष मगरले भने, ‘स्थानीय किसानको उत्पादन खपत अब यहीँ हुनेछ । साना किसानले पनि व्यावसायिकरूपमा तरकारी तथा फलफूल उब्जाउ गर्नलाई यस हाटबजारले प्रोत्साहन दिनेछ भन्ने विश्वास लिएको छु।’

उनले गाउँबाट ल्याइएका कृषि सामग्री खरिदबिक्रीले किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुने र किसानले उचित मूल्य पाउने हुँदा यहाँका साना किसानको आर्थिक जीविकोपार्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

हाटबजार सञ्चालनमा आएपछि आफ्नो खाजा तथा किराना पसलमा चहलपहल पनि ह्वात्तै बढेर व्यापार वृद्धि भएको बताउनुहुन्छ रक्टु साह । तर हाटबजार सञ्चालनपछि नगरपालिकाले खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था नगरिदिएकामा उनको गुनासो छ । उक्त गुनासो सम्बोधन गर्न नगरपालिकासमक्ष पहल गरिएकाले चाँडै सामाधान हुने आश्वासन पाएको वडा सदस्य राधेश्याम चौधरीले जानकारी दिए।

लोप भइसकेको हाटबजारलाई नगरपालिकाले पुनः सञ्चालन गरी किसान र उपभोक्ताबीच कृषि सामग्री खरिद–बिक्री गरी आर्थिक उपार्जन गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको नगरप्रमुख महेश चौधरीले बताए।

हाटबजारको विस्तार र संरक्षणमा आफूहरू लागिपरेको भन्दै नगरप्रमुख चौधरीले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पुर्याएकाले केही महिनाभित्रै नगरपालिकाको अन्य वडामा पनि थप हाटबजार सञ्चालन ल्याउनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए।

तीन दशकभन्दा लामो समयपछि गाउँमै पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिकरूपले सवल र आत्मनिर्भरमात्रै होइन उनीहरूलाई मेहनती र उद्यमशील पनि बनाएको छ।

cg banner 3
Ntc
vianet Below Content Banner 2
classic teach banner 4

प्रतिक्रिया दिनुहोस्

Spread the love

Leave a Reply

Your email address will not be published.