• बुधबार , कार्तिक ७, २०८१

भुक्तानी नपाएको भन्दै ललितपुरका किसानले सडकमा पोखे दूध 

Nmb
New Milinium
gibl
Tata box 1
Sagarmatha

लामो समयदेखि भुक्तानी नपाएकाे भन्दै ललितपुरका किसानले सडकमै दूध पोखेका छन्।

मंगलबार दिउँसो ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध किसानले दूध पोखेका हुन्।

उनीहरूले भुक्तानी नपाएको र उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै ८० लिटर दूध सडकमा पोखेर विरोध जनाएका छन्। 

विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ११ बुँदे माग पत्र बुझाउँदै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका थिए।

जिल्लामा दैनिक एक लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये ७० देखि ७५ हजार लिटर दूध बिक्री गर्ने गरिएको ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ।

संघका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले नेपालमा दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रिय सरकार तथा प्रदेश सरकार सकारात्मक नेदेखिएकोले संघ र अन्य संघ संगठनहरूको एक्यवद्धता जनाउँदै उक्त आन्दोलन सुरू गरेको बताए। 

उनले उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गरे।

दूधको भुक्तानी नपाउनु र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको उनले बताए। त्यस्तै आजदेखि संघले आन्देलान कार्यक्रम समेत सुरू गरेको छ।

Ncell

आजदेखि जिल्ला प्रशासन कार्यालयमा जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा बिहान साढे १० बजेदेखि १२ बजेसम्म धर्ना, विरोध तथा ज्ञापन पत्र बुझाइएको छ।

संघका अनुसार फागुन १७ गते कान्तिलोक पथ अन्तर्गत चापागाँउ टाहाखेलमा चक्काजाम गरिने छ। 

त्यस्तै फागुन २१ गतेदेखि माइतिघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म निरन्तर हुने अध्यक्ष सापकोटले जानकारी दिए।

Agni inner page
Ntc
vianet Below Content Banner 2
classic teach banner 4
Spread the love

Leave a Reply

Your email address will not be published.