• बुधबार , कार्तिक ७, २०८१

मकै खेती प्रवर्द्धन गर्दै श्रीनगर

Nmb

६ सय बढीले लिए मकै खेती बजारीकरण तालिम

New Milinium
gibl

मकै लगाउने सिजन नजिकिँदै गर्दै गर्दा लुम्बिनी प्रदेशका मकै पकेट क्षेत्रहरूमा मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न भएको छ।

मकै खेती प्रवर्द्धनका लागि  ‘पोल्ट्रीको लागि साझेदारी कार्यक्रम’ अन्तर्गत एक दिवसीय तालिम सम्पन्न भएको हो।

Tata box 1

मकै खेतीसम्बन्धी तालिम माघ २३ गते हिमपात साना किसान सहकारी चन्द्रौटाको स्थानीय व्यवस्थापनमा कपिलवस्तुबाट सुरू गरिएको थियो।

त्यसपछि विभिन्न क्षेत्रमा तालिम दिएको थियो। सोमबार बाँकेमा मकै खेती सम्बन्धी तालिम दिएर तालिम कार्यक्रम सम्पन्न गरिएको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले जानकारी दिएको छ।

श्रीनगरका अनुसार तालिममा ६ सय बढीको सहभागिता रहको थियो। 

पोल्ट्री क्षेत्रमा विश्वास कमाएको श्रीनगरले दाना उत्पादनमा मात्र ५ देखि ६ हजार मेट्रिक टन मकै खरिद गर्दै आएको छ।

उद्योगलाई दाना उत्पादन गर्दा आवश्यक पर्ने कच्चा पदार्थको स्वदेशमै आपूर्ति बढाउन साना किसान सहकारीसँगको सहकार्यमा श्रीनगरले प्रवर्द्धनको कार्यक्रम अगाडि बढाएको हो।

श्रीनगरले कुखुरा, माछा, गाइै–भैंसीको दानासमेत उत्पादन गदैं आएको छ।

Ncell

पोल्ट्रीको लागि स्वदेशमै माग अनुसारको दाना उत्पादन वृद्धि तथा बजार सुनिश्चित गरी साना किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिजका प्रवन्ध निर्देशक सतिश श्रेष्ठले बताए।

Sagarmatha

पहेंलो जातको उन्नत तथा हाइब्रिड मकै आवश्यक पर्ने भएकाले गुणस्तरीय मकै उत्पादनको लागि तालिमहरू सञ्चालन गरेको हो। 

प्रदेश कृषि सहकारी संघ लुम्बिनी प्रदेश, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज र स्थानीय साना किसान कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

Ntc
vianet Below Content Banner 2
classic teach banner 4

प्रतिक्रिया दिनुहोस्

Spread the love

Leave a Reply

Your email address will not be published.