• बुधबार , कार्तिक ७, २०८१

किलोमा २० रूपैयाँ महँगियो मटरकोशा, आज कुन तरकारीको भाउ कति ?

Nmb
New Milinium
gibl
Tata box 1
Sagarmatha

आज मटरकोशाको भाउ किलोमै २० रूपैयाँले बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार मटरकोशाको भाउ प्रतिकिलो ११०  देखि १२० रूपैयाँ छ।

हिजो मटरकोशाको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो थियो।

त्यस्तै काउलीको भाउ किलोमा ५ रूपैयाँ बढेर प्रतिकिलो ३५ देखि ४५ रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।

भन्टाको भाउ किलोमा १० रूपैयाँ बढेको छ। आज भन्टाको मूल्य ७० देखि ८० रूपैयाँ तोकिएको छ।

घिउँसिमी पनि किलोमा १० रूपैयाँ महँगिएर १६० देखि १८० रूपैयाँ मूल्य तोकिएको छ।

आज लौकाको भाउ किलोमा १० रूपैयाँ घटेर प्रतिकिलो ५० देखि ६० रूपैयाँ तोकिएको छ।

गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, मूला,तितो करेला लगायतका तरकारीको भाउ आज घटबढ भएको छैन।

Ncell

आज नेपाली ठूलो गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो तोकिँदा  भारतीय ठूलो गोलभेँडाको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

रातो आलूको भाउ ३२ देखि ३५ रूपैयाँ र भारतीय रातो आलुको भाउ ३५ देखि ३८ रूपैयाँ तोकिएको छ।

भारतीय सुकेको प्याजको भाउ आज ८५ देखि ९० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

Ntc
vianet Below Content Banner 2
classic teach banner 4

प्रतिक्रिया दिनुहोस्

Spread the love

Leave a Reply

Your email address will not be published.