• बुधबार , कार्तिक ७, २०८१

लामो समयपछिको हिउँदे बर्सातले भोजपुरका किसान खुसी

ad
ad

भोजपुर, चैत । लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै हिउँदेबाली सप्रने भन्दै खुसी भएका हुन् ।

Tata box 1
Sagarmatha
Nic asia


बर्सातले फलफूलका बिरुवा, तरकारी तथा अन्य हिउँदेबालीको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको स्थानीय रुपनारायण फुयालले बताए । खडेरीले हावाहुरीसँगै आगलागीका घटना बढिरहेको अवस्थामा बर्सातले केही राहत मिलेको उनको भनाइ छ । “लामो समयदेखि हिउँदे बर्सात भएको थिएन,” फुयालले भने, “पानी नपर्दा हिउँदेबाली बारीमा नै सुकिसकेका थिए । ढिलै भए पनि पानी परेसँगै दिउँदेबालीको उत्पादन बढ्नेमा आशावादी छौँ ।”


समयमा हिउँदे वर्षा नहुँदा बालीनाली सुकेका भन्दै बर्सातले किसानलाई लाभ पुगेको तिवारीभञ्याङका टीकाराम तिवारीले बताए । गहुँ, जौ, तोरी, आलु, गोलभेँडालगायत नगदेबालीलाई बर्सातले फाइदा पुगेको उनको भनाइ छ । जिल्लाका सबै भू–भागमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । यहाँ छ महिनादेखि पानी पर्न सकेको थिएन । रासस

Ntc
vianet Below Content Banner 2
classic teach banner 4

प्रतिक्रिया दिनुहोस्

Spread the love

Leave a Reply

Your email address will not be published.