• बुधबार , कार्तिक ७, २०८१

सोताका अधिकांश किसान दूध बिक्री गरेर आत्मनिर्भर बन्दै 

Byashesh

Jul 7, 2024

म्याग्दी , १ असार । गाउँमा सामान्य खेती किसानी गर्ने बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैंसी पालेकाछन् । उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो । घरमा उत्पादन हुने दूध सिङगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको छन् । थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकांशले भैँसीपालेर सहकारीमा दूध बिक्री गर्दै आएका छन् । ग्रामीण सहरीकरणको रुममा विकास भइरहेको सिंङगामा सहकारीले किसानको दूध खरिद गर्ने सुविधा भएपछि सिंगा, सुर्केमेला, राक्से, ठूलोखोला, सोता, बाझरा लगायतका टोलमा भैँसीपालन गरेर स्थानीयले दूधबाट नगद आम्दानी गर्दै आएका छन् ।  हिउँदयाममा दूध उत्पादन धेरै हुने भएकाले दैनिक तीन सय ५० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । हिउँदमा दूधको माग कम र उत्पादन बढी हुने भएकाले पनिर र कुराउनी बनाएर बिक्री गरिँदै आएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.