• बुधबार , कार्तिक ७, २०८१

तानसेन गरपालिकाद्वारा किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण

Byashesh

Jul 30, 2024

पाल्पा। जिल्लाको तानसेनन गरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो ।

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए।

कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी रु ४० लाख र मौरीजन्य सामग्रीका लागि रु २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ । उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो ।

Spread the love

Leave a Reply

Your email address will not be published.