• बुधबार , कार्तिक ७, २०८१

बर्दियामा चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार

Byashesh

Jul 30, 2024

बर्दिया। बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार गरिएको छ। जिल्लाका आठ वटै पालिकामा कृषि उत्पादकत्व वृद्धिको आधार छनोट गर्दै जोन तथा सुपरजोन विस्तार गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ बर्दियाका अनुसार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ९ र बारबर्दिया नगरपालिकाको वडा नम्बर ३, ४ चैते धानको सुपरजोन हुन्।

बाँसगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ गुलरिया नगरपालिकाको १ देखि ९ सम्मका वडा र मधुवन नगरपालिकाको ५ देखि ९ सम्मको वडा केरा जोन तोकिएको परियोजनाकी नायब सुब्बा विमला भण्डारीले जानकारी दिइन्।

उनका अनुसार, परियोजनाअन्तर्गत बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिकाको ४ देखि ९ नम्बर वडा, बारबर्दियाको वडा नम्बर ३, ४, ९ र १० गुलरियाको वडा नम्बर २, ४, ५ र ६, मधुवनको वडा नम्बर २, ३, ४ तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८ र ९ लाई माछा जोन तोकिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २, ३, ४, ७, ८, जानकी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्म र खजुरा गाउँपालिका वडा नम्बर २ र ४ लाई वर्षे धान जोन बनाइ परियोजना एकाइ बर्दियामार्फत सञ्चालन हुँदै आएको छ।

सुपरजोन तथा जोनमार्फत गत आवमा बर्दियामा छ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको चैते धान खेतीबाट क्रप कटिङको आधारमा तीन हजार चार सय छ मेट्रिकटन उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई बर्दियाका कृषि अधिकृत ध्रुवराज जोशीले बताए। उनका अनुसार तीन सय ४५ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेतीबाट १४ हजार एक सय पाँच मेट्रिकटन केरा उत्पादन भएको छ।

त्यस्तै दुर्ई सय ९२ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनबाट दुई हजार एक सय ४५ मेट्रिकटन माछा उत्पादन भएको छ । बाँकेमा दुई हजार एक सय १० हेक्टर क्षेत्रफलमा गरिएको वर्षे धान खेतीबाट आठ हजार नौ सय २५ मेट्रिकटन धान उत्पादन भएको छ।

कृषि अधिकृत जोशीका अनुसार चैते धानका लागि पर्याप्त सिँचाइ सुविधा नहुँदा समस्या पर्ने गरेको छ। सडक पूर्वाधार निर्माणले सिँचाइ कुलो मासिएका कारण खेतसम्म सिँचाइ पु(याउन किसानले सास्ती ब्यहोर्नुपरेको उनको भनाइ छ।

Spread the love

Leave a Reply

Your email address will not be published.