• बुधबार , कार्तिक ७, २०८१

किसानको समस्या समाधान गर्न सांसदहरुको सरकारलाई ध्यानाकर्षण

Byashesh

Jul 30, 2024

काठमाडौं। सांसदहरुले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दूधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए।

उनले दूध किसानको समस्यामा सरकारको ध्यानार्कषण गराउँदै सभामुख देवराज घिमिरेलाई यस विषयमा रुलिङको लागि आग्रहसमेत गर्नुभयो । “आज साउन १५, देशैभर खीर खाएर मनाइरहेका छौं । तर बडो दुःखको कुरा किसानहरुले मेहनत र दुःख गरेर उत्पादन गर्ने दुःखको मूल्य सात महिनादेखि बक्यौता बाँकी छ”, सांसद सापकोटाले भने, “उता दुग्ध विकास संस्थान करिब विघटनको संघारमा छ । विषयको गाम्भीरता बुझेर सभामुखमार्फत रुलिङ्का लागि माग गर्दछु ।”

सांसद रामकृष्ण यादवले तराई–मधेसमा खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गरे। सांसद लालवीर चौधरीले बर्दिया जिल्लाका किसानलाई आवश्यक मलखाद छिटो उपलब्ध गराउन माग गरे । सांसद रुक्मणी राना बराइलीले किसानलाई वन्यजन्तुबाट प्रभावित हुन नदिनका लागि तीनै तहको सरकारको प्रयास पर्याप्त नभएको बताए। उनले बाँदर र हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारको ध्यानार्कषण गराए।

Spread the love

Leave a Reply

Your email address will not be published.