• बुधबार , कार्तिक ७, २०८१

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

Byashesh

Aug 11, 2024

पर्वत। जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन्।

तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी बताउँछिन् । “च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन”, उनले भनिन् । गोब्रे च्याउ प्रतिकेजी रु पाँच सय र कन्ये रु दुई सयमा बिक्री हुँदै आएको छ ।

कच्चा पदार्थसहितका साम्रगी तयार गरेकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आएकी छिन् । “हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छु”, खत्रीले भने । श्रीमानको सहयोगमा उत्पादित सागसब्जी बजार पु¥याउने गरेको उनले सुनाइन् ।

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ”, उनले भने।

Spread the love

Leave a Reply

Your email address will not be published.