• बुधबार , कार्तिक ७, २०८१

पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै भयो पूरा..

Byashesh

Jul 19, 2022

राँझा, ३ साउन । वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि सिक्टा सिँचाइको पानी पेडारीगाउँमा पुगेको हो । “सिक्टा सिँचाइको नहरबाट गाउँसम्म पानी आउने कुलो बनेको थिएन, आकाशे पानी पर्खदा धानखेती सुक्न थालेपछि कुलो खन्न जुटेका हौँ”,वडाध्यक्ष थारुले भने,“कुलो खन्ने बजेट नभएका कारण श्रमदानबाटै कुलो खन्नका लागि अगुवाइ गरेँ र पेडारीवासीले साथ पनि दिए ।श्रमदानबाट निर्माण गरिएको कुलोबाट आएको पानीले पेडारी गाउँको उत्तर–पश्चिम क्षेत्रको करिब दुईसय बिघा जमिनमा सिँचाइ पुग्ने भएको छ । असारको दोस्रो साता पहिलो पटक परेको पानी र सिँचाइ सुविधा पुगेका केही स्थानमा धान रोपाइँ गरेपनि आकाशे पानीकोभर पर्ने किसानको खेत बाँझै रहेको उनको भनाइ थियो । 

Spread the love

Leave a Reply

Your email address will not be published.