• बुधबार , कार्तिक ७, २०८१

कास्कीमा चैते धान भित्र्याउने चटारो..

Byashesh

Jul 20, 2022

गण्डकी, ४ साउन । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल नफुटेका कारण कतिपय स्थानका टारी खेतमा भने रोपाइँ हुन सकेको छैन । असारे रोपाइसँगै कास्कीका कतिपय स्थानमा कृषक चैतेधान भित्र्याउन लागेका छन् । दक्षिणी भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा त्यहाँ स्थानीय कृषकको सक्रियतामा झण्डै २० वर्षयता बाँझिएको जग्गामा स्थानीयले चैते धान रोपेका छन् ।अधिकांश स्थानमा कृषिप्रतिको अनिच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोपेका हुन् ।महाशाखाबाट चैते धान रोपाइँ अघि सो समूहका तीन जना कृषकलाई तालिमसमेत दिइएको बताउँदै कडरियाले आगामी दिनमा आवश्यकताअनुसार अन्य सहयोग पनि उपलब्ध गराउने बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.