• बुधबार , कार्तिक ७, २०८१

गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती..

Byashesh

Jul 20, 2022

वालिङ। यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनीमा सयपत्री फूलखेती गरिने गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए । गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनीमा व्यावसायिक फूल खेती गर्नका लागि नर्सरी स्थापना गरिएको उनले बताए । गत वर्ष गाउँपालिकाले परीक्षणकारुपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यसवर्षदेखि कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए । फूलको व्यवसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.