• बुधबार , कार्तिक ७, २०८१

पाँचपोखरीका बाँझो जमिनमा खेतीकार्य..

Byashesh

Jul 21, 2022

सिन्धुपाल्चोक, ५ साउन । पाँचपोखेरी थाङ्पाल गाउँपालिकाका वर्षौँदेखि बाँझो रहेका जमिन विभिन्न खेतीकार्यको लागि प्रयोगमा ल्याइएको छ । देश सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले बाँझो रहेका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउने सङ्कल्प गरेका थिए । त्यसको ज्वलन्त उदाहरण बनेको छ पाँच पोखरी थाङ्पाल गाउँपालिका । स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमा पाँच पोखरी थाङ्पाल गाउँपालिकाले परिवेश विश्लेशण तथा रणनीति कार्ययोजना तयार गरेर किसानको विवरणसहित खेती भइरहेको जग्गा र बाँझो जमिनको विवरण सङ्कलन तयार गरेको थियो । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का किसान देवबहादुर स्याङबोले किबी फलफूलखेती, सुन्तलाजात फलफूल खेती र तरकारी खेती गर्दै आएको तीन वर्ष भयो । उनको दैनिकी अहिले बारीको गोडमेल र सरसफाइ गरेरै बित्छ । चार-पाँच वर्षदेखि कृषिमा लागेका स्याङ्बोले विभिन्न सङ्घ संस्था र गाउँपालिकाको विभिन्न तालिमबाट प्रभावित भई किबी, फलफूल तथा घरको बगैँचाको सझावटसम्म पुगेको बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.