• बुधबार , कार्तिक ७, २०८१

मकैको बीउमा बागलुङ आत्मनिर्भरतातिर…

Byashesh

Jul 27, 2022

११ साउन । कृषि ज्ञान केन्द्रले मकैको बिजवृद्धि कार्यक्रममार्फत किसानलाई सघाएको छ । केन्द्रका अनुसार तमानखोला, निसीखोला, ताराखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत गरी सात ठाउँमा बिजवृद्धि कार्यक्रम सञ्चालित छ । कूल एक हजार रोपनीमा कृषि सहकारी र समूहमार्फत मकैको बीउ उत्पादन भइरहेको हो । बाहिरबाट बीउ ल्याएर मकै खेती गर्नुपर्ने यहाँका किसानको बाध्यता कम हुँदै गएको छ । किसान आफैँ प्रमाणित र उन्नत बीउ उत्पादनतिर लागेका छन् । बागलुङसहित पर्वत र गुल्मीका दुई स्थानीय तहमा कार्य क्षेत्र रहेको एकाइले पर्वतको फलेवास नगरपालिका, महाशिला र बिहादी गाउँपालिका समेटेर ‘मकै जोन’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.