• बुधबार , कार्तिक ७, २०८१

दिनभर कार्यालय, साँझ–बिहान खेतमा  : कृषिप्रेमी मेयर

Byashesh

Jul 28, 2022

१२ श्रावण । चौतारा–साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा उमेरले ६ दशक पूरा भए । तर, उनको जोस र जाँगर ३५–४० वर्षीय अधबैँसेको भन्दा कम छैन । पदले मेयर भए पनि सापकोटाको ध्यान माटोप्रति अगाध छ। त्यसैले दिनभर सदरमुकाम चौताराको नगरपालिका भवनमा देखिए पनि  बिहान र साँझ सधैँ भेटिन्छन् कुबिन्डे र नौबिसे खेतको फाँटमा । उनी कार्यालयमा पनि कृषिकै कुरा गर्छन्। ०३७ सालमा भारतको अयोध्या पुगेर अखिल नेपाल किसान संघको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएका सापकोटा ०४९ मा कुबिन्डे गाविसको अध्यक्ष थिए । नगरप्रमुखको जिम्मेवारी सम्हालेको दुई महिना मात्रै भएको छ । छोटो अवधिमै सापकोटाले कृषि क्षेत्रलाई सुधार्ने योजना निर्माण गरेर कार्यान्वयन तहमा लगेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.