• बुधबार , कार्तिक ७, २०८१

केराको बीमा दाबी भुक्तानी पाएपछि कैलालीका किसानले गरे कृषिमा सुरक्षाको महसुस..

Byashesh

Jul 29, 2022

भजनी, १३ साउन । “केराको बीमा गरिएका कारण आज यसै पेसामा जीवित रहने बाटो खुलेको छ । धेरै नभए पनि अलिकति राहत हुने आधार बीमाले दिएको छ ।” टेकेन्द्रले भने, “राम्रो इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा किसानले बीमा दाबी भुक्तानी पाउने रहेछन् भन्ने विश्वाससमेत लागेको छ ।” उनले गत माघ महिनामा केराको शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गराएको थियो । जेठ महिनामा केरा खेती नष्ट हुँदा कम्पनीले उनलाई रु नौ लाखको बीमा दाबी भुक्तानी गरेको छ । टेकेन्द्रले केराको एउटा बोटको उत्पादन मूल्य रु ६०० हुने भए पनि प्रतिबोट १७६ रुपियाँ पाउँदा पनि कृषिमा सुरक्षाको महसुस भएको बताए । शिखर इन्स्योरेन्समा बाली बीमा गरेका टीकापुरका अन्य छ किसानले पनि रु १९ लाख ४२ हजार ३६६  भुक्तानी पाएका छन् । जिल्ला केरा व्यवसायी सङ्घका अध्यक्ष दीपेन्द्र थारुले यसअघि कतिपय बीमा कम्पनीले बीमा नै नगरिदिने र गरिहाले पनि बैंक प्रयोजनका लागि मात्रै भनेर भुक्तानी नपाइने अवस्था रहेको बताए । उनले सयौंँ किसानलाई केही बीमा कम्पनीले ठगेको गुनासो गर्दै केराको बीमा गर्दा केराको मात्र नगरी त्यहाँका अन्य संरचनालगायतको बीमा गरेर किसानलाई ठगेको उल्लेख गरे । समयमै बीमा दाबी दिन पाएकोमा कम्पनी पनि खुसी रहेको शिखर इन्स्योरेन्सका सुदूरपश्चिम प्रबन्धक डिल्लीराज शर्माले बताए । बीमा रकम हस्तान्तरण गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले हरेक वर्ष नोक्सान व्यहोर्दै आएका टीकापुरका किसानलाई छोटो अवधिमै बीमा भुक्तानी दिएकोमा किसान आकर्षित हुने बताउँदै शिखर इन्स्योरेन्सलाई टीकापुरमै शाखा खोल्न आग्रह गरे  ।

Spread the love

Leave a Reply

Your email address will not be published.