• बुधबार , कार्तिक ७, २०८१

कृषिमा रमाउँदै युवा…

Byashesh

Jul 30, 2022

रुकुमपूर्व। १४ साउन । सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गरेका छन् । उनीसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७/१८ लिटरदेखि लिएर ४०/५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पु¥याउने गरेको उनले बताए । यस्तै सिस्ने –६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् । गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गरेको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ । अहिले जिल्लामा उनीहरूले कृषि पेशालाई अँगालेर जुन खालको मेहेनत गरिरहनुभएको यो साँच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर सहरबजार केन्द्रित हुँदै गर्दा कृषिबाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उनीहरुले सन्देश दिएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.