• बुधबार , कार्तिक ७, २०८१

किसानसंग हातेमालो गरेर उत्पादन बढाउन तयार छौँ : मन्त्री हुमागाइ…

Byashesh

Jul 31, 2022

काभ्रे । १५ साउन । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईले किसानले अनुभुति गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । आज पनौतीमा मिलिजुली कृषक समूहले आयोजना गरेको जनप्रतिनिधि र किसानबीच भएको छलफललाई सम्बोधन गर्दै मन्त्री हुमागाईले उत्पादन बढाउने काममा मन्त्रालयले किसानलाई सहयोग, सहकार्य र समन्वय गरेरै अघि बढ्ने बताउनुभयो । उहाँले कृषिमा नयाँ प्रविधि, ज्ञान र सिपलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । मन्त्री हुमागाईले अब पाउडर प्लाण्ड निर्माणपछि दूध उत्पादन गर्ने किसानहरुलाई थप सजिलो हुने बताउनुभयो । ‘काभ्रे जिल्ला दूध उत्पादमा आत्मनिर्भर छ । कहिले कँही दूध होलिडे मनाउनुपर्ने अवस्था पनि आएका छन् । बनेपामा पाउडर प्लाण्ड निर्माणपछि यहीँको किसानलाई सहज हुनेछ । बाह्य मुलुकबाट पाउडर दूध खरिद गर्नुपर्ने अवस्थालाई हामीले जसरी पनि न्यूनिकरण गर्न आवश्यक छ । यो प्लाण्ड यसैको सुरुवात हो । मन्त्री हुमागाईले भन्नुभयो ।

Spread the love

Leave a Reply

Your email address will not be published.