• बुधबार , कार्तिक ७, २०८१

बिरुवा र नगदेबाली, कुम्मायक गाउँपालिकामा हरियाली फर्काउन पोखरी…

Byashesh

Aug 1, 2022

पाँचथर, १६ साउन । सुक्खाग्रस्त क्षेत्रका रूपमा परिचित पाँचथरको कुम्मायक गाउँपालिकामा हरियाली फर्काउन बोटबिरुवा रोपण तथा नगदेबाली विस्तार कार्यलाई अघि बढाइएको छ । सुक्खा प्रभावित तथा बोटबिरुवाविहीन क्षेत्रलाई हरियालीमा रूपान्तरण गर्न गाउँपालिकाले पक्की पोखरी निर्माण गरी पानी जम्मा गरी नर्सरी तथा बेर्ना उत्पादन गर्दै आएको छ । यहाँ उत्पादित बिरुवा गाउँपालिकावासीलाई रोपणका लागि निःशुल्क उपलब्ध गराइएको छ । कोभिड–१९ सङ्क्रमणको महामारीका कारण बीचका दुई आर्थिक वर्षमा बिरुवा उत्पादन गर्न नसकेको गाउँपालिकाले गत आवको रु चार लाख बजेटबाट खोटेसल्लाका बिरुवा उत्पादन गरेको छ । रुखो पाखाबारी, खोल्सीलगायत क्षेत्रमा रोपण गर्न उपयुक्त हुने भएपछि गाउँपालिकावासीको मागबमोजिम गाउँपालिकाले खोटेसल्लाका बिरुवा उत्पादन गरी अहिले धमाधम वितरण गरिरहेको छ । खेतीका लागि काम गर्ने मानिस नपाउने, बाँदरले बाली पाक्न नदिने तथा सुक्खाका कारण पानी नभएपछि जमिन बाँझिएका कारण धेरै जग्गा बाँझो रहेकाले बिरुवा लगाई हरियाली बनाउनुको विकल्प नरहेको नेम्वाङ बताउँछन् । खोटे सल्ला जस्ता राम्रो आम्दानी हुने बिरुवा हुर्काउन सके एकै रुखले रु १० हजारभन्दा बढी आम्दानी दिने किसान बताउँछन् । यहाँका किसानले ५० वटादेखि एक हजार वटासम्म बिरुवा लैजाँदै गरेको वडाध्यक्ष लावतीले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.