• बुधबार , कार्तिक ७, २०८१

डिप्लोमा गरेर कृषि व्यवसाय नै रोजेका दिपेन्द्र भन्छन्,‘अशिक्षितले हैन, शिक्षितले गर्ने व्यवसाय हो’

Byashesh

Aug 3, 2022

१८ श्रावण । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने कतिपयको सोचाईलाई गलत साबित गरिदिएका छन्, सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ का दीपेन्द्र कार्कीले । कृषिमा नै चितवनबाट डिप्लोमा गरेका उनले पढाई सक्ने बित्तिकै गाउँ फर्किएर कृषि व्यवसाय नै रोजेका छन् । चितवन बसेर कृषि पढ्दा पढ्दै जागिर नखाई कृषि व्यवसाय नै गर्ने भन्ने योजना उनले बुनिसकेका थिए । उनले कृषि क्षेत्रमा १४ वर्ष भन्दा बढी जीवन बिताई सकेका छन् । दीपेन्द्रले गाई पालन व्यवसाय सुरु गरेको १४ वर्ष भइसकेको छ । चितवनमा बसेर अध्ययन गरिरहँदा गाई पालनबाट राम्रो आम्दानी भएको देखिसकेपछि उनले गाई पालन नै रोजेका हुन् । चितवनबाट ४ वटा गाई खरिद गरी व्यवसाय सुरु गरेका उनको गोठमा हाल ३२ बटा गाई रहेको छ । दैनिक १२० लिटरसम्म दूध उत्पादन हुन्छ  । नजिकैको  डेरीमा बिक्री गर्ने गरेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.