• बुधबार , कार्तिक ७, २०८१

पोखराका गुरुङ दम्पती, विदेशबाट फर्किएर आफ्नै माटोमा अवसर खोज्दै, कृषिमा करोडौँ लगानी…

Byashesh

Aug 4, 2022

काठमाडौँ, १९ साउन । विदेश जानेको सङ्ख्या बढे पनि पछिल्लो समय वैदेशिक रोजगारीबाट नै फर्किएका धेरै मानिस कृषि व्यवसायमा संलग्न हुन थालेका छन्। स्वदेशमा रोजगारी नपाएपछि धेरै मानिसको रोजाई विदेश हुने गरेको छ । तर, हाम्रो समाजमा कोही यस्ता मानिस पनि छन्, जहाँ विदेश गएर पनि सोचेजस्तो काम नपाएपछि स्वदेशमा नै फर्किएर स्वरोजगारीमूलक कार्यमा सहभागी छन्। त्यसमध्येका एक हुन्, कास्की पोखरा महानगरपालिका ४ अर्मलाका मिरा गुरुङ । काम र दामको खोजीमा मकाउ पुगेकी पोखराकी मिरा ५ वर्ष पछि आफ्नै दश फर्किएर कृषि क्षेत्रमा सक्रिय छिन् । लामो समय विदेशमा कष्टकर जीवन बिताए पनि उनले भने जस्तो काम पाउन सकिनन्। ‘ऊर्जाशील जीवनका केही समय त्यतातिर लगाए। पसिना बगाए’ विदेश बस्दाको पिडा सुनाउँदै उनले भनिन्,‘सोचे अनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन। गाउँमा फर्किएर केही गरौँ भन्ने योजना आयो । त्यस पछि आफ्नै गाउँ पर्किाएर कृषि व्यवसाय रोजे ।’ हाल उनले बाख्रा पालनलाई मुख्य व्यवसाय बनाएर टमाटर, भैँसी र कुखुरा पालन गर्दै आएकी छन् । उनी मात्र हैन उनका श्रीमान् पनि मकाउमा २ वर्ष बिताएर फर्किएका हुन् । उनका श्रीमानले पनि भने जस्तो आम्दानी गर्न सकेनन् । उनीहरू दुवै जनाले बाँझा रहेका बारीको पाटामा कृषि गर्ने सोच बनाएर नेपाल फर्किएका हुन् । ‘अर्काको देश पसिना बगाउनु भन्दा आफ्नै देशमा यती दुख गर्दा यति नै आम्दानी गर्न सकिन्छ भन्ने महसुस भएर दुनै जना नेपाल फर्किएर कृषि रोजेका हौँ’ उनले भनिन्,‘नेपाल कृषि प्रधान मुलक भएर पनि काम गर्ने तौरतरिका परम्परागत भएकाले पछाडि परेको उनी बताउँछिन् ।  ‘अब कृषि पढेका मान्छेले गर्नुपर्छ नत्र नाम मात्रैको कृषि प्रधान देश हुन्छ, विदेशबाट आयात गर्ने’ उनले भनिन् । परम्परागत तरिकाबाट गर्ने अधिकांश कृषकले नाफा घाटासँग हिसाब नगर्ने भएकाले आर्थिक अवस्था उकासिन नसकेको उनको बुझाई छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.