• बुधबार , कार्तिक ७, २०८१

किसानको समस्या हल गर्न ‘कृषि अनुसन्धान प्रसार र शिक्षा’ फोरम गठन…

Byashesh

Aug 5, 2022

काठमाडौँ, २० साउन । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुसन्धान, प्रसार र शिक्षा फोरम गठन गरेको छ । कृषि अनुसन्धान, प्रसार र शिक्षा बिच प्रत्यक्ष समन्वय र सहकार्य गरी कृषि अनुसन्धानबाट प्राप्त नतिजालाई किसानको खेतबारीसम्म पुर्‍याई किसानको समस्या हल गर्न फोरम गठन गरिएको  बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । यसका साथै उनका अनुसार किसानले कृषि कर्म गर्दा भोग्नु परेका समस्या र समय अनुसारका प्रविधि ज्ञान सीपलाई समेत ध्यान दिई अनुसन्धानसँग जोड्न र कृषि पशुपन्छी व्यवसायलाई व्यवहारिक बनाई दिगो कृषि विकासको लागि कृषि अनुसन्धान, प्रसार र शिक्षा फोरम गठन गरिएको हो । 

Spread the love

Leave a Reply

Your email address will not be published.