• बुधबार , कार्तिक ७, २०८१

 सुजी र मैदाको निर्यात रोक्दै भारत…

Byashesh

Aug 10, 2022

काठमाडौं, २५ साउन । भारत सरकारले यही साउन २९ गतेदेखि लागू हुने गरेर सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय संचार माध्यामहरुले जनाएको छ । सोमबार विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले जारी गरेको आधिकारिक आदेशअनुसार अन्तर–मन्त्रालय स्तरको समितिले अनुमति दिएपछि मात्रै मैदा र सुजीको निर्यातलाई अनुमति दिइने छ । डीजीएफटीले सूचना जारी गर्नु अघि जहाजमा लोड भइसकेका वा भन्सारमा कागजपत्र बुझाइसकेका सुजी र मैदा भने निर्यात गर्न सकिने बताइएको छ । भारतले मे १३ मा गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने जुलाईमा आँटाको निर्यात रोकेको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published.