• बुधबार , कार्तिक ७, २०८१

कृषि मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए कृषि अभियान लगायत संम्बद्ध संघ/सस्थाले

Byashesh

Aug 12, 2022

काठमाडौँ, २७ साउन । खाद्यका लागि कृषि अभियान लगायत संम्बद्ध संघ, सस्थाहरुले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको टोलीले सिंहदरबार पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो । राष्ट्रिय कृषि नीतिको समय सापेक्ष परिमार्जन, रसायन र विषादीको प्रयोगबाट बिग्रिँदै गएको मानव र पर्यावरणको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकार तथा सम्बन्धित निकायले बेलाबखतमा भन्ने गरेको प्राङ्गारिक कृषिको आधार निर्माण गर्ने कुरामा अलमल र ढिलाइ भइरहेको ध्यानाकर्षण पत्रमामा जनाइएको छ । यता ध्यानाकर्षण पत्र बुझ्दै कृषि मन्त्री यादवले यी विषयहरूमा मन्त्रालयले तत्काल छलफल गरेर कार्यान्वयन गर्ने आश्वासन दिएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.