• बुधबार , कार्तिक ७, २०८१

मनाङ, ०२ भदौ ।  हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पु¥याउन सकिने उनी बताउछन् । सहज रुपमा यहाँको स्याउ बजारमा पु¥याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उनीहरुको भनाइ छ । नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ ।  सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ । सडक सञ्जाल सहज बनाएर बजारमा पु¥याउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानको भनाइ छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.