• बुधबार , कार्तिक ७, २०८१

बाख्रापालन व्यावसायिक गरेर आम्दानी गर्दै हर्दवाकी महिला…

Byashesh

Aug 19, 2022

देउखुरी, ३ भदौ । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उनी लमही बजारमा बस्थिन् । उनले सिलाइकटाइ तालिम लिन् र कपडा सिलाउन थाले तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उनले हर्दवामा रहेको माइती घरमा गईन् र त्यहीँ बाख्रापालन थालिन्  । चार बाख्राबाट सुरु गरेको व्यवसाय बढ्दै गएपछि गाउँमै उनी रमाउन थालिन् । अहिले उनको फार्ममा ८० बाख्रा छन् । उनले विसं २०७८ को दसैँमा रु दुई लाखका खसीबोका बिक्री गरिन्  । बाख्राबाटै वार्षिक रु चार लाखभन्दा बढी कमाइ हुने गरेको छ । यही कमाइबाटै उनले छ कट्ठा जग्गा किनिसकृकीछिन् ।बाख्राबाट राम्रो कमाइ हुन थालेपछि श्रीमान् पनि यही फर्कनुभएको छ, दुवैजना मिलेर बाख्रापालन गरेका छौँ  ।” अर्काको भूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँ घरमै प्रशस्त कमाइ भएपछि श्रीमान्श्रीमती मिलेर काम गरेको उनले बताईन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.