• बुधबार , कार्तिक ७, २०८१

बीउ प्रशोधन तथा भण्डारण उद्योगबाट किसान लाभान्वित…

Byashesh

Aug 22, 2022

काठमाडौँ, ६ भदौ । जतिसुकै मल, जल, श्रम तथा अन्य बिरुवा संरक्षणका विषादीहरूको प्रयोग गरेता पनि यदि रोपेको बीउ नै खेतमा उम्रँदैन भने सारा कार्य निरर्थक हुन जान्छ । किसानहरूले गुणस्तरयुक्त बीउमा ध्यान नदिँदा बर्षेनी उत्पादन घट्ने गरेको विज्ञ बताउँछन् । उत्पादनमा वृद्धि हुँदा कृषकहरूको आय वृद्धि भई जीवनस्तर उकास्न मद्दत मिल्दछ । हाम्रो जस्तो ६५ प्रतिशत भन्दा बढी कृषक भएको देशमा यदि सबै कृषकहरूले उत्पादनमा वृद्धि गराएमा खाद्यान्नमा आत्मनिर्भर भई देशको विकासमा टेवा मिल्छ । हाल उद्योगले धान, मकै, गहुँ, तोरी, आलु, जई घाँस तथा राजमा लगायत वस्तुको गुणस्तरीय बीउ उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । २०५९ सालमा सहकारी स्थापना भए पनि बीउ प्रशोधन तथा भण्डारणको काम भने २०७२ सालदेखि सुरु गरेको महारानीझोडा साना किसान कृषि सहकारीका प्रबन्धक चिरञ्जीवी भण्डारीले जानकारी दिए । उनका अनुसार गाउँमै बीउ प्रशोधन तथा भण्डारण उद्योग स्थापना भएपछि किसानले सहज रूपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.