• बुधबार , कार्तिक ७, २०८१

निहुरो र खोलेसाग आम्दानीका गतिला माध्यम बन्दै…

Byashesh

Aug 23, 2022

गलेश्वर, ७ भदौ । उत्तरी र पश्चिमी म्याग्दीका विद्यालय उमेरका विपन्न बालबालिका, महिला र फुर्सदिला प्रौढ व्यक्ति यतिबेला वनजङ्गल र चिस्यानयुक्त खोल्सा खाल्सीमा निउरो र खोलेसाग टिपेर बजारमा बिक्री गर्न व्यस्त छन् । वर्षायाममा जङ्गलमा पाइने निहुरो बेचेर यहाँका ग्रामीण महिला र विपन्न विद्यार्थीले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाले पढाइ खर्च जुटाउने गरेका छन् ।  शुक्रबार र शनिबारका दिन बिहानै खाना खाएर जङ्गलबाट डोकोभरी निहुरो र डुँडेसाग खोजेर ल्याउनु र सदरमुकाम बेनी बजारलगायत ग्रामीण क्षेत्रका बजारमा लगेर बेच्नु बेग, हिस्तान, दोवा, दग्नाम, नारच्याङलगायत गाउँका विपन्न समुदाय र विद्यालय उमेरका बालबालिकाको वषौँदेखिको नियमित कार्य जस्तै बनेको छ । विषादी रहित र शतप्रतिशत जैविक हुने भएकाले खोले र डुँडेसाग केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । गाउँदेखि सहर बजारसम्म खोले र डुँडेसागको माग बढ्न थालेपछि दग्नामका बासिन्दाले गाउँको चिस्यानयुक्त ठाउँमा त्यसै खेर गइरहेको साग टिपेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.