• बुधबार , कार्तिक ७, २०८१

सप्तरी र सिरहामा सिञ्चित क्षेत्र बढ्दै….

Byashesh

Aug 26, 2022

धनुषा, १० भदौ । सिँचाइकै अभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न भएपछि उनीहरु रमाएका हुन् । अन्नबालीको भण्डार मानिएको सिरहा र सप्तरीमा बर्सेनि खडेरीको माग खेप्दै आएका किसानलाई राहत पुर्याउने उद्देश्यका साथ भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले डिप ट्युवेल, स्यालो ट्युवेल र पावर ड्रिल जडान गरेपछि आफूहरुको सिँचाइको समस्या टर्दै गएको किसानले बताएका छन् ।  यस्तै सो अवधिमा १४ वटा पम्पको मर्मत गरी पुनः सञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको उनको भनाइ छ । सो आर्थिक वर्षमा सिरहा र सप्तरीका ११ थानमा विद्युतीकरण पम्प जडान गरिएको जनाएको छ । किसान समूहमा आवद्ध भएका किसानको माग र सरकारले छनोट गरेको योजना अनुसार सिरहा र सप्तरीमा डिप ट्युबवेल, स्यालो ट्युबवेल र पालर ड्रिल जडान गर्दै आएको प्रमुख अधिकारीको भनाइ छ । यसरी बर्सेनि डिप ट्युवेल, स्यालो ट्युवेल तथा पावर ड्रिल जडान हुन थालेसँगै सिञ्चित क्षेत्र बढ्दै गएको स्थानीय किसानले बताएका छन् । 

Spread the love

Leave a Reply

Your email address will not be published.