• बुधबार , कार्तिक ७, २०८१

वर्षाले किसानलाई राहत…

Byashesh

Aug 29, 2022

काठमाडौँ, १३ भदौ । लामो समय पछिको वर्षाले किसानमा खुसी छाएको छ । प्रचण्ड गर्मीबीच करिब साउन महिनादेखि वर्षा भएको थिएन । जसका कारण प्रमुख खाद्यान्न बाली धानको पात सुक्ने, पात पहेँलो हुने, पात डढेको जस्तो देखिने लगायत समस्या थियो । यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भने पनि रोपाई गर्ने समयदेखि किसानले पानीको अभाव खेपे । जसो तसो रोपाई गरेका किसानले धान बालीलाई पानी आवश्यक पर्ने समयमा नै पानी नपर्दा धेरै किसानको धान खेत धाँजा फाटेको थियो ।  नेपाल जलश्रोतको धनी देश भए पनि खेतीयोग्य जमिनको ३० प्रतिशत मात्रै सिँचाईको व्यवस्था भएको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ । अधिकांश किसानले आकाशे पानीकै भरमा बाली लगाउने गरेका छन् ।  सिँचित जमिन कम भएकाले पनि खाद्यान्न उत्पादन कम हुने गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.