• बुधबार , कार्तिक ७, २०८१

बिचौलिया अन्त्य गर्न साना किसान सहकारीद्वारा गाउँमै डेरी स्थापना : वार्षिक ७ करोडको दूध बिक्री…

Byashesh

Aug 31, 2022

काठमाडौँ, १५ भदौ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका १६ का सागर आचार्य पनि बिचौलियाबाट बच्न सकेनन् । २०७० सालदेखि गाई पालन गर्दै आएका उनले पहिला पाइचारी (साइकल, बाइकमा दूध सङ्कलन गर्दै हिँड्ने) लाई बिक्री गर्दै आएका थिए । त्यतिखेर ४ वटा गाई मात्र पालन गर्थे । गाउँमा एउटा पनि डेरी थिएन । उनी मात्र हैन गाउँमा व्यावसायिक रूपमा पशु पालन नगरे पनि हरेकले २/४ वटा गाई/भैँसी पाल्ने गर्थे । उक्त गाई/भैँसीबाट दूध राम्रै उत्पादन हुन्थ्यो तर बिक्री गर्ने बजार हुँदैन थियो । दूधबाट चिया, मही, दही र घिउ मात्रै बन्थ्यो । कसै कसैले मात्र पाइचारीलाई बिक्री गर्थे ।  ‘त्यतिखेर त अहिले जस्तो कहाँ जति पनि दूध बिक्री हुन्थ्यो र ? उनले ती दिन सम्झँदै भने, ‘कति बिक्री हुँदैन थियो । बिक्री भए पनि कम मूल्यमा बिक्री हुन्थ्यो ।’  त्यति मात्र हैन, दूध बिक्री भए पनि समयमा भुक्तानी पाइदैंन थियो । गाउँमा धेरै किसानले बिक्री गरेको दूधको मूल्य हालसम्म पनि पाएका छैनन् । हाल १४ देखि १९ नम्बर वडामा करिब २ हजार गाई भैँसी छन् । डेरी सञ्चालन हुनु अघि २÷३ वटा गाई भैँसी पालन गर्दै आएका किसानले अहिले ठुला ठुला फार्म नै दर्ता गरेर व्यवसाय सञ्चालन गरिरहेको उनको भनाई छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.