• बुधबार , कार्तिक ७, २०८१

कहिले आउँला सञ्चालनमा सुपथ मूल्य पसल ?…

Byashesh

Sep 2, 2022

काठमाडौँ, १७ भदौ । चाडपर्व नजिकिएसँगै उपभोक्ताले सामान खरिद तथा जोहो गर्न थालेका छन् । चाडपर्वको मुखमा अत्यधिक मूल्य वृद्धि हुने हुनाले पनि उपभोक्ताले पहिलादेखि नै सामान जोहो गर्न थाल्छन् । अहिले नेपालीहरूको महान पर्व दसैँ नजिकिएसँगै  व्यापारी दसैँ, तिहारका लागि बिक्री गर्ने सामानको तयारी गर्न थालेका छन् भने उपभोक्ता किन्न। यता सरकारले पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी  थालेको छ । पसल सञ्चालनको सबै तयारी पुरा भएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मिति तोक्ने बित्तिकै  सुपथ मूल्य पसल सञ्चालन हुने जानकारी दिइन् । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । यस वर्ष उपभोक्तालाई राहत दिन चार करोड रुपियाँ छुट्याइएको मन्त्रालयले जनाएको छ । गत वर्ष साल्ट टे«डिङले उपत्यकाको ११ सहित ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । खाद्य कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यकाबाहिर १८ स्थानमा गरी कुल २३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । डिडिसीले उपत्यकाभित्रका चार र उपत्यकाबाहिर ११ गरी १५ वटा सहुलियत पसल सञ्चालन गरेको थियो । सुपथ मूल्य पसलमा नुन, तेल, चामल, घिउ, पनिर, फापर र कर्णालीको सिमी बिक्रीमा राखिनेछ । यस्तै घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिनेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published.