• बुधबार , कार्तिक ७, २०८१

मजदुरी छाडेर तरकारी खेती…

Byashesh

Sep 4, 2022

कञ्चनपुर, १९ भदौ । कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आतेका छन् । “विगतमा घरखर्च चलाउनकै लागि मजदुरी गर्नु पर्ने बाध्यता थियो”, उनले भने, “तरकारी खेती गर्ने तौर तरिका सिकेपछि यसबाटै सहजरुपमा घर खर्च चल्न थालेको छ, वर्षभरि तरकारी खेती हुन्छ, त्यही तरकारी खेतीले जीवन धानिएको छ ।” चौधरीले वर्षमा तीन पटकसम्म तरकारी रोप्छन् जसबाट वार्षिक रुपमा रु पाँच लाख जति आम्दानी हुन्छ । “तरकारी खेती गरेर यति धेरै आम्दानी हुन्छ भन्ने पहिला थाहा थिएन”, सैवनिया वडायकले भने, “परिवारका श्रीमान श्रीमती दुवै जना मजदुरीमा जाने गरेका थियौँ, त्यसबाट दैनिक खर्च चलाउनसमेत निकै समस्या हुन्थ्यो, कुनै दिन मजदुरी नपाइदा भोकैसमेत बस्नुपर्ने अवस्था आइलाग्दथ्यो ।  “पहिला घरमा पैसाको समस्या परे साहु महाजनसँग गुहार्नु पर्दथ्यो”, उनले भने, “अहिले आफैं कमायो, खर्च गर्यो, भविष्यका लागि रकम बचत गर्यो, कुनै रोक तोक छैन, साहु महाजनसँग कर्जा माग्न जाने झन्झट छैन । के लगाउन, के खाउ भन्ने पनि छैन, तरकारी बेचेर आएको पैसाले घरको सबै खर्च चलेको छ ।” तरकारी खेतीमै संलग्नजस्तै अरु सीप सिकेकाले पनि आम्दानी गर्दै आएका छन् । बस्तीमा दुई सय बढी परिवारको बसोवास रहेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.