• बुधबार , कार्तिक ७, २०८१

एक वर्षमा ११.१ प्रतिशतले घट्यो कुखुरा उत्पादन…

Byashesh

Sep 6, 2022

काठमाडौँ, २१ भदौ । पछिल्लो समय मूल्यवृद्धि निरन्तर उकालो लाग्दै आएको छ । सोही क्रममा जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । यो पछिल्ला केही वर्षयताकै उच्च हो । गत वर्षको ११ महिनामा यस्तो मूल्य वृद्धिदर ४.१९ प्रतिशत थियो । यस तथ्याङ्कलाई आधार मान्ने हो भने पछिल्लो समय मूल्य वृद्धि कुन स्थानमा पुगेको छ भन्ने अनुमान लगाउन सक्छौँ । पछिल्लो समय पोल्ट्री क्षेत्रबाटै पलायन हुनु पर्ने अवस्था आएको कुखुरा पालक किसानको भनाई छ । बोइलर कुखुरा उचित मूल्यमा बिक्री नहुँदा  किसान चिन्तित छन् । लागत मूल्यभन्दा निकै सस्तोमा कुखुरा बेच्न बाध्य भएको उनीहरूको गुनासो छ । किसानलाई बिक्री गर्ने समय भएपछि कुखुरा बिक्री नगरी राख्दा उल्टै घाटा हुन्छ । कुखुरा जति ठुलो हुँदै गयो उति दाना धेरै खान्छ । ४५ सय बोराको दाना खुवाएर अझ घाटा खानु भन्दा कम मूल्यमा नै बिक्री गर्नु पर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘कुखुराको मूल्यमा एकरूपता छैन । बिचौलियाले आफ्नो अनुकूल मूल्य घटबढ गरिरहन्छन् । त्यसैले पनि कुखुरा पालक किसान मर्कामा पर्छन्’ उनले भने, ‘सधैँ घाटा खाएर बिक्री गरेर त हुँदैन । मेरो पोल्ट्री व्यवसायमा धेरै पैसा डुब्यो । त्यही भएर व्यवसाय छाडे । तरकारी खेतीबाट अहिले राम्रै आम्दानी भइरहेको छ ।’ यसरी पोल्ट्रि व्यवसायबाट पलायन हुने मेघराज पहिलो व्यक्ति हैनन् । मेघराज जस्ता हजारौँ मेघराजले पछिल्लो समय पोल्ट्री व्यवसाय त्याग्दै आएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.