• बुधबार , कार्तिक ७, २०८१

सरकारी जागिरसँगै व्यावसायिक फूल खेती…

Byashesh

Nov 5, 2022

बेदकोट, १९ कात्तिक । तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन र बिक्री गर्नमा सिंहको व्यस्तता बढेको हो । चुनावको तयारीमा माला र फूल खरिदका लागि मानिसहरु सिंहको फूलबारीसम्म पुग्ने गरेका छन् । बझाङ तलकोटका सिंह र अन्य तीन जना युवा मिलेर तिलकेनीमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गदै आएका छन् । सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिकका रुपमा कार्यरत छन् । उनीसँगै बागबानी विकास अधिकृत आशीष पाठक, बाली विकास अधिकृत जागृत खनाल र कृषि प्रसार अधिकृत कमलनयन पन्त सरकारी जागिरसँगै व्यावसायिक फूल खेतीमा आबद्ध छन् ।  करिब रु पाँच लाख लगानीमा केही बेर्ना चितवनबाट ल्याएको र केही आफै उत्पादन गरी फूल खेती सुरु गरिएको उनको भनाइ छ । “सयपत्रीमध्ये पनि चार÷पाँच जातको फूल खेती गरेका छौँ, फूलको माग धेरै छ, तिहारमा पूर्ति गर्न सकेनौँ”, उनले भने, “चुनावका लागि भने फूल तयार भइसकेको छ ।” चुनावमा उम्मेदवारीको प्रचारप्रसार तथा विजय यालीसम्म ठूलो मात्रामा फूलमाला खपत हुँदै आएको छ । “प्रतिकिलो रु पाँच सयका दरले र प्रतिमाला रु एक सयका दरले बिक्री गरिरहेका छौँ”, उनले भने, “एक किलो फूलबाट पाँचदेखि सात वटासम्म माला बनाउन सकिन्छ ।”

Spread the love

Leave a Reply

Your email address will not be published.