• बुधबार , कार्तिक ७, २०८१

गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरापालन 

Byashesh

Nov 11, 2022

नवलपुर, २५ कात्तिक । गैँडाकोट नगरपालिका–८ का गोविन्द आचार्य बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउछन । एक हजार पाँच सय स्थानीय जातका कुखुरा पाल्नुभएका आचार्यले मासिकरुपमा खर्च कटाएर रु ६० हजार बचत हुने बताए । लामो समय वैदेशिक रोजगारमा गएका स्थानीय पनि फर्किएर कुखुरापालन व्यवसायमा लागेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारमा दुबई बस्नुभएका मध्यविन्दु–३ ब्रह्मस्थानका नन्दे गुरुङ अहिले गाउँमै स्वरोजगार बनेका छन् । दुई वर्षअघि दुबईबाट फर्किएर गुरुङ व्यावसायिकरुपमा कुखुरा, बाख्रा र बङ्गुरपालन सुरु गर्दै स्वरोजगार बनेका छन । उमेरले ५२ वसन्त पार गर्नुभएका गुरुङ घर फर्किएपछि विदेश जान मन नलागेको बताउछन् । ‘यहीँ बसेर काम गर्दा घरपरिवारको हेरविचार गर्दै आफ्नै पेसाबाट राम्रो कमाई हुने भएपछि फेरि विदेश जान मन लागेन’, गुरुङले भने, ‘लकडाउनको समयमा कुखुरापालन व्यवसाय सुरु गर्दै कृषि कर्ममा होमिएँ, अहिले बाख्रा र बङ्गुर पनि थपेको छु ।’जिल्लामा व्यवसाय दर्ता गरेर कुखुरापालन गर्ने कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । थोरै समय र मेहनबाट पनि राम्रो आम्दानी हुँदा कृषक कुखुरापालन व्यवसायमा उत्साहित भएका छन् । सरकारले दिँदै आएको अनुदान असली व्यवसायीलाई दिन सकेको खण्डमा युवाहरुको विदेसिने क्रम घट्ने व्यवसायी बताउँछन् ।
 

Spread the love

Leave a Reply

Your email address will not be published.