• बुधबार , कार्तिक ७, २०८१

पशुपक्षी फार्मको कमाइले दङ्ग जुडाका धामी दम्पती

Byashesh

Dec 26, 2022
:yfgLo hftsf s’v’/fnfO{ rf/f] xfNb} s~rgk’/, !! k’; M z’SnfkmfF6f gu/kflnsf–& sf l;4axfb’/ wfdL kmd{df kflnPsf :yfgLo hftsf s’v’/fnfO{ rf/f] xfNb} . :yfgLo hftsf s’v’/f, 6sL{, nf}sf6Ù atvnufotsf k+5Lkfng u/L dgUo cfDbfgL lnFb} cfpg’ePsf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]?÷/f;;

कञ्चनपुर, ११ पुस । कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो । “कोरोनापछि पसलमा ग्राहक आउनै छाडे”, उनले भने, “घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाड्नु प¥यो ।” यद्यपि पसलबाट भएको आम्दानीबाट केही रकम बचत पनि थियो । उनले पसल छाड्ने बेलामा काकाले टर्कीपालनबाट राम्रो आम्दानी गरिरहेका थिए । एउटै टर्की बेच्दा चार हजार आम्दानी भएको देखे पछि उनी पनि पशुपक्षीपालनमा आकर्षित भएका थिए । तर उनीसँग ज्ञान भने थिएन । पशुपक्षीपालनअघि केही जानकारी इन्टरनेटबाट लिए भने केही काकासँग लिए । नगरपालिकामा फार्म दर्ता गरेपछि उनले लौकाट, स्थानीय जातका कुखुरा, चिनियाँ हाँस, कालिज, टर्की, बट्टाई, बङ्गुरपालन सुरु गरे । “सुरुमा अनुभव नहुँदा तीन सय कुखुरा र दुई दर्जनभन्दा बढी टर्कीका बच्चा मरे”, उनले भने, “नोक्सानी भए पनि त्यसबाट पाठ सिक्दै काम जारी राखे अहिले राम्रो आम्दानी भइरहेको छ ।”फार्ममा धामी दम्पती दिनरात खटिन्छन् । “बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म दुवै जनाको समय फार्मको काममै बित्छ”, धामीले भने, “समय बितेको पत्तौ नै हुँदैन, मेहनत गरे अनुसारको आम्दानी हात लाग्दा निकै खुसी छौँ ।”स्थानीय बजारका व्यापारीसँगै धनगढी, महेन्द्रनगर लगायतका व्यापारी फार्ममै पुगेर पशुपक्षी खरिद गरेको उनको भनाइ छ । “बजार खोज्दै हिँडनु परेको छैन, व्यापारीले फोनमै कुरा गरेर गाडी ल्याएर नगद रकम दिएर पशुपक्षीको तौल गरी लैजाने गरेका छन्”, धामीले भने, “विगतमा किराना पसल सञ्चालन गर्दा सामान उधारो जाने समस्या अहिले छैन कारोबार नगदमै हुने भएकाले म सन्तुष्ट छु ।” 

Spread the love

Leave a Reply

Your email address will not be published.