• बुधबार , कार्तिक ७, २०८१

विकल्प बन्दै जैविक मल  ‘कमल झोल’

Byashesh

Dec 27, 2022

दमक, १२ पुस । झापाको कमल गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेटबाट सिटी सफारीमा एक हूल किसान पानी राख्ने भाँडो लिएर सोझै कार्यालय परिसर प्रवेश गरे । आफनो खेतबारीबाट सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनीहरुले कृषि प्राविधिक प्रेम पोखरेललाई अभिवादन गर्दै सोधे, ‘मल पाइन्छ कि पाइँदैन ?’ किसानको जिज्ञासा सुनेपछि प्राविधिक पोखरेलले पनि सहजै जवाफ दिए, “किन नपाउनु ? जत्ति पाइन्छ ।” किसानको प्रतिनिधित्व गर्दै कमल ३ केरखाकी गीता ढकालले सोधिन्, “कति सम्म लान पाइन्छ ? किसानले मलको मूल्य सोधे कसरी पर्छ नि ?” पोखरेलले जवाफ फर्काए, “पैसा पर्दैन, निःशुल्क पाइन्छ ।” किसान खुसीले गदगद भए । हिउँदे खेती लगाउने चटारोमा रहेका किसान मल लिन गाउँपालिका आउँदा हातमा भने प्लास्टिकका ड्रम, ग्यालेन, जग लिएका देखिन्थे । किसानले मल भन्ने वित्तिकै सबै ठाउँमा यतिबेला डिएपी, युरिया जस्ता रासायनिक मल खोजेको अनुमान गर्न सकिन्छ तर कमलमा आएको किसानको यो समूह डिएपी, युरिया जस्ता रासायनिक मलको माग लिएर आएको थिएन । उनीहरु आफनो बारीमा लगाउने रासायनिक मलको विकल्पमा गाउँपालिकाभित्रै बनेको जैविक मलको प्रयोग गरेर कृषि उत्पादन बढाउन चाहन्छन् ।गाउँपालिका अध्यक्ष हुकुमसिंह राई भन्छन्,“कृषि पेसा एउटा सम्मानित पेसा हो भन्ने अनूभूति गाउँपालिकावासीलाई दिलाउने गरिएका कार्यक्रम ल्याएका छौँ ।” सधैँ मलको हाहाकार र अभाव झेलिरहनु परेको तितो यथार्थलाई गाउँपालिकाले नजिकैबाट बुझेको र कृषिसँग सम्बन्धित पुराना राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै रणनीतिक रुपमा कृषिलाई सम्बोधन गर्ने खालका नयाँ कार्यक्रम समावेश गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.