• बुधबार , कार्तिक ७, २०८१

बागमती प्रदेशले किसान परिचयपत्र वितरण गर्ने

Byashesh

Dec 28, 2022

काठमाडौँ, १३ पुस । बागमती प्रदेश सरकारले किसान परिचयपत्र वितरण गर्ने भएको छ । प्रदेशभित्र रहेका किसानहरूलाई व्यावसायिकताका आधारमा वर्गीकरण गरी प्रदेश सरकारले परिचयपत्र वितरण गर्न लागेको हो । प्रदेश सरकारअन्तर्गतको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान परिचयपत्र वितरण कार्यविधि-२०७९ निर्माण गरी सोमबार प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ । यसअघि गैरकिसानले पनि राज्यबाट लाभ लिइरहेकामा अबचाहिँ वास्तविक किसानको पहिचान हुने र किसानले अनुदानलगायतका सेवा सहज रूपमा पाउन सक्ने अधिकारीको भनाइ छ । यसअन्तर्गत मन्त्रालयले किसानका लागि बैंकबाट ऋण लिन सहजता हुने र त्यसमा गृहकार्यसमेत भइरहेको अधिकारीले बताएका छन् । किसानले लगाएको बालीको क्षेत्रफलका आधारमा कृषकको वर्गीकरण गर्नाका लागि मन्त्रालयले विभिन्न मापदण्डसमेत निर्धारण गरेको छ । मन्त्रालयले ३ महिने अभियान सञ्चालन गरेर किसान परिचयपत्र वितरणको कार्य गर्ने जनाएको छ । त्यसपछि ज्ञान केन्द्र र विज्ञ केन्द्रले निरन्तर रूपमा परिचयपत्र वितरण गर्नेछ । 

Spread the love

Leave a Reply

Your email address will not be published.