• बुधबार , कार्तिक ७, २०८१

सुन्तला बिक्रीबाट वार्षिक २० लाख कमाउँदै गाउँपालिका उपाध्यक्ष

Byashesh

Dec 30, 2022

तनहुँ, १५ पुस । तनहुँको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएका छन् । वि.सं २०५३ देखि सुन्तला खेती थालेका उनले करिब ६० रोपनी क्षेत्रफलमा ८ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएका छन् । म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गर्दै आएका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिए । ‘नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुँदैन कि भन्ने कुनै चिन्ता छैन’, उनले भने, ‘परिश्रम गर्न सके आत्मनिर्भर हुन कुनै समस्या छैन । हामीमा समस्या भनेको काममा विश्वास नहुनु हो । विदेशमा गर्ने दुःख नेपालमा गर्न सकिएमा केही गर्न सकिन्छ ।’ सुरुको तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्छ, जब फल दिन थाल्छ, त्यसपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिने उनले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.