• बुधबार , कार्तिक ७, २०८१

 २८ करोडको सुन्तला उत्पादन, तनहुँ

Byashesh

Jan 4, 2023

तनहुँ, १९ पुस । तनहुँमा यसवर्ष २८ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ । मलजल, पानीको व्यवस्था तथा गोडमेलमा किसानले ध्यान दिएकाे र मौसम पनि अनुकूल रहेकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पुरानो बगैँचाको उचित व्यवस्थापन गर्दै नयाँ प्रविधिको प्रयोग गरेर नयाँ बगैँचा पनि स्थापना गर्दै गएकाले उत्पादन बढ्दै गएको तिवारीले बताएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिकामा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताए । सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेकाले उत्पादित सुन्तलन बिक्रीका लागि कुनै समस्या नभएको उनले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.