• बुधबार , कार्तिक ७, २०८१

कृषिका विद्यार्थी र किसानलाई सँगसँगै तरबुजा खेती प्रविधि सिकाइने…

Byashesh

Jan 27, 2023

दाङ, १३ माघ । खोलाको सुख्खा बगरमा गरिँदै आएको तरबुजा खेतीलाई फरक ढङ्गले गर्न दाङमा तालिम सञ्चालन गरिँदै छ ।लमहीस्थित पृथु टुक्निकल कलेजले कृषिका विद्यार्थी र किसानहरूलाई उत्पादनसँग जोड्न नि:शुल्क रूपमा तरबुजा खेती प्रविधि तालिम सञ्चालन गर्न लागेको हो । खोलाको सुख्खा बगरमा रसिलो तरबुजा फलाइरहेका कृषकहरूलाई थप हौसला प्रदान गर्न तालिम आयोजना गर्न लागिएको राजेश कुँवरले जानकारी दिएका छन् । तालिममा किसानसँगै विद्यार्थी पनि सहभागी हुनेछन् । तालिममा खोलाको बगरमा गरिँदै आएको तरबुजा खेतीलाई  चिम्ट्याइलो माटोमा पनि फलाउन सकिने प्रविधि सिकाइने छ । बुटवलसम्मका किसानहरूले तालिममा सहभागिता जनाउन लागेको कुँबरले बताएका छन् । नि:शुल्क तालिम माघ १४ गते सञ्चालन हुनेछ । साझेदारी संस्था Known You Seed का नेपाल बजारीकरण इन्चार्ज मानसकुमार मण्डलले प्रशिक्षण गर्ने छन् । 

Spread the love

Leave a Reply

Your email address will not be published.