• बुधबार , कार्तिक ७, २०८१

शिक्षण पेसासँगै ‘ड्रागन फ्रुट’को खेती…

BySANU

Feb 3, 2023

अन्नपूर्ण, २० माघ । पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त हुनुहुन्छ । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उहाँ पोखरा महानगरपालिका–३३ बागमारामा रहेको फार्ममा पुग्नुहुन्छ । त्यहाँ गौतमले पाँच रोपनी जग्गा भाडामा लिएर यसको खेती गर्नुभएको छ । उहाँले बागमारामा मातृभूमि कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गर्नुभएको हो । फार्ममा यतिबेला पाँच सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यो वर्षदेखि नै उत्पादन दिएको उहाँले बताउनुभयो । कोरोनापछिको लकडाउनले यो खेतीप्रति रुचि बढेको उहाँ सुनाउनुहुन्छ । शिक्षण पेसामा आबद्ध उहाँ लकडाउनमा धेरै मात्रामा अनलाइनतिरै व्यस्त हुन थाल्नुभयो । त्यही क्रममा ड्रागनका बारेमा सामाजिक सञ्जालमा भिडियो देख्नुभयो । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझावपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उहाँले बताउनुभयो । बिदाको समयमा आफैँ फार्ममा पुगेर काम गरे पनि अन्य समयमा काम गर्न उहाँले दुई कामदार राख्नुभएको छ । 

Spread the love

Leave a Reply

Your email address will not be published.